हजारौंको जनसागरका बीच दाङ महोत्सवको उद्घाटन

Filed under: ताजा समाचार,समाचार |

राप्ती समाचारदाता

दाङ | बहुउद्देश्यीय सभा गृह निर्माण गर्ने उद्देश्यले दाङको घोराहीमा सञ्चालित दाङ व्यापारिक तथा पर्यटन महोत्सवको हजारौं जनसागरका बीच आइतबार उद्घाटन गरिएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आयोजित महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष सुरज वैद्यले गर्नुभएको छ । संघका जिल्ला अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षता एवं महासंघका बरिष्ठ उपाध्याक्ष भास्कराज राजकर्णिकार र पुर्व उप–प्रधानमन्त्री कृष्णबहादुर महरालेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
२ हजार २ सय व्यक्तिहरु अट्ने सभागृह निर्माणका लागि आयोजना गरिएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेलामा १५ करोड रुपैयाँको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको बताइएको छ । ५ लाख दर्शकहरुलाई सहभागी गराई सबै खर्च कटाएर ५० लाख रुपैयाँ बचत गर्ने उद्देश्यका साथ सञ्चालित महोत्सवको पहिलो दिन आइतबार हजारौं जनसागरको आइरो लागेको थियो । जिल्लाका विभिन्न स्थानबाट महोत्सव हेर्न उल्लेख्य मात्रामा उपस्थित दर्शकहरु महोत्सव स्थलमा नअटाएपछि आयोजकलाई उद्घाटन कार्यक्रम व्यवस्थित गर्न हम्मे–हम्मे परेको थियो ।
¥यालीमा विद्यार्थीदेखि खेलाडीसम्म
दाङको घोराहीमा आइतबारदेखि सञ्चालित दाङ व्यापारिक तथा पर्यटन महोत्सवको सफलताको कामना गर्न आइतबार निकालिएको ¥यालीमा विद्यार्थीदेखि खेलाडीसम्मको उपस्थिति रह्यो । महोत्सवलाई जिल्लावासीको सानका रुपमा लिँदै जिल्लाका स्कूले बालबालिका, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्थालगायतका १ सय २९ वटा समूहको सक्रिय सहभागिता थियो । सहभागीहरु आ–आफ्नो समुदायको पहिचान झल्काउने पोसाकमा ¥यालीमा सहभागी भएका थिए ।
कोही नाच्दै, कोही गाउँदै अनि कोही शान्तिको कामना गर्दै ¥यालीमा सहभागिता जनाएका थिए । लामो समयको संघर्षपछि मुलुकमा परिवर्तन आएको भएता पनि मुलुकवासीले शान्तिको महसुस गर्न नपाएको भन्दै शान्तिको कामना गर्न महोत्सवमा सहभागी भएको घोराहीका मुकुन्द रिजालले बताउनुभयो । यसपूर्वका महोत्सवको भन्दा यसवर्षको महोत्सवमा स्थानीयहरुको सक्रिय सहभागिता देखिन्थ्यो । महोत्सवको सफलताको कामना गर्न जिल्लाका सम्पूर्ण समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
महोत्सवमा हलोदेखि गाडीसम्म
आइतबारदेखि सुरु भएको दाङ महोत्सवमा हलोदेखि गाडीसम्मका सामग्रीहरु राखिएका छन् । आयोजकको अनुरोधलाई स्विकार गर्दै जिल्लादेखि राष्ट्रिय स्तरसम्मका विभिन्न संघसंस्था एवं व्यवसायीहरुले महोत्सवमा आ–आफ्ना सामग्रीहरु राखेका छन् । कृषि क्षेत्रको पहिचान झल्काउने हलोदेखि गाडीसम्मका सामग्रीहरु समावेश गराइएको महोत्सवमा ग्राहकले चाहेका सबै किसिमका सामग्रीहरु किन्न पाइने आयोजकले जनाएका छन् ।
महोत्सवस्थलमा बनाइएका स्टलहरुमा दाङमा उत्पादित माहुरीको महदेखि लोपोन्मुख अवस्थामा रहेका विभिन्न जडिबुटीका साथै जुत्ता चप्पलदेखि साडी, कुर्तासुरुवार अनि सुटसम्मका सामग्रीहरु राखिएका छन् । त्यस्तै पुस्तकदेखि मोवाइलका साथै सोलारदेखि गाडीसम्मका सामग्रीहरु राखिएका छन् ।
उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामोदर आचार्य, ध्रुबराज श्रेष्ठ ‘भारी’, दीपेन्द्रकुमार खत्री, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष टेकनप्रसाद बस्नेत ‘हिमाल’, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष किशोर आचार्य, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडित, विधवा महिला सरोकार केन्द्र दाङकी अध्यक्ष हुमा डीसी, प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष माधवराज भण्डारी, पुर्व सभाषद्हरु रश्मीराज नेपाली, इन्द्रजीत थारु, एकीकृत नेकपा माओवादी दाङका संयोजक निर्मल आचार्य, नेपाली काङ्गे्रस दाङका सभापति घनश्याम रेग्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष नरुलाल चौधरी, नेकपा मालेका सचिव नेत्रप्रकाश पाण्डेय, नेकपा एकीकृतकी सचिव तुलसा केसी, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष दिनेशबहादुर न्यौपाने, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष विन्तिराम यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कृष्ण गोपाल गुप्ता, राप्रपा नेपालका भरत केसी, रामशरण यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष ओविन्द्र महराको स्वागत मन्तब्य शुरु भएको कार्यक्रममा धन्यबाद ज्ञापन उपाध्यक्ष मनोज बुढाथोकीले गर्नुभएको थियो ।
महोेत्सव उद्घाटन कार्यक्रम अघि ट्राफिक चोकबाट बाजागाँजासहितको शोभायात्रा निकालिएको थियो भने हेलिकप्टरबाट पुष्पबृष्टी गराइएको थियो । शोभायात्रा घोराहीको ट्राफिक चोक, दामोदर चौक, तुलसीपुर चौक, सहिद गेट हुँदै महोत्सव स्थल जिविस अगाडि कृषि सामग्री संस्थानको प्राङ्गणमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com