सिमेण्टको धुलो र गाउँको जीवन

Filed under: समाचार |

- के.वि. मसाल
दाङको अहिलेको समस्या भनेको प्रदुषण नै हो । किनकि यहाँ सिमेन्ट कारखाना खुल्दै गएका छन् । यो खोल्ने बेलामा स्थानीय मानिसहरुसँंग वृहत छलफलविना नै राजनैतिक बलमा सिमेन्ट उद्योगको अनुमति लिएका छन् । बेला वखत स्थानीय जनताले विरोध जनाए पनि यसको सुनाई भने आजसम्म हुनसकेको छैन । यस कुरालाई लिएर बेलाबखत सञ्चार माध्यममा समाचार बनेपनि लउद्योगपतिले सुन्ने काम भने हुनसकेको छैन । कतिपय स्थानीय वासिन्दा आफ्नो घरबारनै बिक्रिी गरी अन्यस्थानतर्पm लागिसकेको अवस्था छ । एउटा उपत्यकामा तीनवटा ठूला सिमेन्ट उद्योगले कति प्रदुषण गराउँछ होला यो सहजै जो कोहीले पनि अनुमान गर्नसकिने कुरा हो । ग्रमिण भेगका कृषकहरु भन्दछन् वन जगंलका हरियो घाँसमा सबै धुलाको कणहरु टासिन गएका छन् । गाई वस्तु र बाख्राहरुले अब जंगलको घाँस खान छाडेका छन् । यस्तै हुने हो भने अब हामीहरु गाउँमा बस्न नसक्ने अवस्था आउँछ ।
जिल्लामा औद्योगिक विकासले गाउँदेखि सहरसम्मको विकास हुन्छ भन्ने मान्यतामा बसेका आम ग्रामिण भेगका जनता सिमेन्ट उद्योगको धुलोको कणले जंगलका बोटबिरुवा समेत धुलाम्मे देख्न थालेपछि वातावरणविद्को खोजीमा लागेका छन् । गाउँका टाठाबाठा सिमेन्ट उद्योगका एजेन्टसँग बिकेपछि हामी सोझा गाउँलेको कुरा कस्ले सुन्ने ? गाउँका एक कृषक भन्दछन् । उद्योग स्थापना हुनु भन्दा अघि हामीहरुलाई उद्योग स्थापना भएपछि गाउँलाई पानी, सडक, शिक्षा र रोजगारीमा सहयोग पु¥याउँछ भन्दै हामीलाई कागजमा सही गराउँदै हिड्ने एजेन्टहरु आजभोलि गाउँमा देखिदैनन् । उद्योगमा गएर त्यहाँका ठूला मानिस भेट गर्न खाज्यो भने आज यहाँ हुनुहुन्न भनेर हामीलाई फर्काउने गरिन्छ । हामी न्याय माग्न कहांँ जाने हो ? बाटो देखाई दिन प¥यो भनि उल्टै प्रश्न गर्दछन् । सिमेन्ट उद्योगको प्रदूषणका लागि जिल्लामा धेरै संघसंस्थाहरुले अन्तक्रिर्या, सार्वजनिक बहस र यस्तै अन्य विरोधका कार्यक्रमहरु पनि नराखेको भने होइन । तर, जान्ने बुझ्ने व्यक्तिहरुले सिमेण्ट उद्योगका लगानीकर्ताबाटनै मोटो रकम लिएर विरोधका स्वरलाई आफैले बन्द गराएपछि कसरी पीडित जनताको आवाजलाई सार्वजनिक स्थानमा राख्नसक्ने ? समस्या यसरी लुकेर बसेको छ ।
सिमेण्ट उद्योगले गर्दा घोराही, तुलसीपुर र लमहीका सडकहरु बिग्रन थालेका छन् । १० टन क्षमता भएको सडकमा अहिले ४०,५० टनसम्मका गिट्टी र ढुंगा बोक्ने १० चक्के टिप्पर गुडेका छन् । पिच भइसकेका सडकको अवस्था बिग्रदो अवस्थामा छ । कच्ची र ग्रेभल सडकको कुरै छाडांै । यसको मर्मत सम्भार कस्ले गर्ने ? घोराही सिमेण्टको चुनखानी दाङ जिल्लाकै दुर्गम गाविस काभ्रेको तापामा रहेको चुनखानीले झन् त्यहाँका जनतालाई उठिवास बनाउन थालेको छ । खानीबाट उत्खलनन् भएका ढुङ्गाले गाउँलेको खेतबारीमा पुरिएको छ । गाउँलेहरुले लगाएका खेतीपातीमा खानीको धुलोले प्रदुषणयुक्त बनाई दिएको छ । बारीमा लगाएको तरकारी खानयोग्य छैन । उद्योग सञ्चालन हुनुभन्दा अगाडि गाउँलेलाई रोजगारी दिने, गाउँमा विद्यालय, खानेपानी र सामुदायिक विकास गर्ने भनि हामी सोझा गाउँलेहरुलाई झुक्काउने काम भएको छ । हाम्रो यो पीडाको बारेमा कुनै पनि राजनैतिक दलहरुले सुनाइ गरेका छैनन् ।
चुनढुङ्गा खानीले गर्दा काभ्रे टापा गाउँ वरपरका पानी का स्रोतहरु सुक्न थालेका छन् । हिजाको अवस्थामा खोला, जरुवा र मुलको पानी खाएका जनता आज ती पानीको स्रोत सुक्न जाँदा काकाकुल बन्ने अवस्था भएको छ । जंगलमा घाँस दाउरा गर्न जाँदा समेत खानीका ढुङ्गाले मरिन्छ कि भन्ने डर टापागाउँ बासिन्दाहरु लाई छ । सिमेण्ट उद्योग सञ्चालन हुनु अघि प्राकृतिक स्वच्छ सफा वातावरणमा रहेको गाउँघर आजभोलि धुलोको कणले गाउँघर र जंगल सम्पूर्ण भू–भाग धुलोको कणले ढाकेको देखिँदा वातावरणको सबै क्षेत्र बिग्रदो अवस्थामा देखिएको छ उद्योगले रोजगारी देला अब भारतको भूमिमा काम गर्न जान पर्दैन भन्ने कुरामा ढुक्क रहेका काभ्रे गाविस वरपरका बासिन्दा उद्योगको कारखाना घोराही गोग्लीबाट नै प्रत्येक दिन भारतीय मजदुरहरु गाडीमा ल्याउने र बेलुका पुन घोराही तर्फ फर्काउने कामले हाभ्रो रोजगारीको सपना पनि हराएको छ ।
दाङ जिल्लामा गोग्लीको सिमेण्ट कारखाना मात्र होइन दुधरासको सोनापुर सिमेण्टले पनि उद्योग वरपरका बासिन्दाहरु प्रदुषणको चपेटाम परेका छन् । कारखानाले नै आफ्नो गाउँबाट विस्थापित हुन पुगेका दुधरासका बासिन्दाहरुको एउटै आवाज छ, उद्योग स्थापना गर्नुअघि सिमेण्ट कारखाना बीच भएको सम्झौता अनुसार काम नभएकोले गाउँका बासिन्दाहरुलाई प्रदुषणको चपेटामा पर्नु परेको कुरा बताएका छन् । जिल्लामा वातावरणको क्षेत्रमा क्रियाशिल संघ, संस्थाहरुले वातावरणको अध्ययन गरी सिमेण्ट उद्योग बाट निस्केको प्रदुषणबाट दाङलाई बचाउन पर्दछ भन्ने आवाज सर्वत्र निस्कन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com