- राप्ती समाचारदाता
दाङ÷ग्रामीण क्षेत्रको विकासमा राज्यको मुख ताक्ने प्रवृत्ती बढिरहेको समयमा दाङ बिकट गाविस पञ्चकुलेका स्थानीयवासीले भने लाखौं रकम संकलन गरेर खानेपानी आयोजना निर्माण गरेका छन् । पञ्चकुले–२ कौशिलापुर स्थानीयले प्रतिपरिवार २८ देखि ३२ हजारसम्मको रकम संकलन गरेर खानेपानी आयोजना निर्माण गरेका हुन् ।
हरेक वर्ष पानीको अभाव हँुदै गएपछि पञ्चकुलेका २१ घरपरिवारले सामुहिक लगानीमा खानेपानी आयोजना सञ्चालन ल्याएका छन् । गत असार महिनादेखि कौशिलापुर खानेपानी आयोजनाका नामले निर्माण थालिएको आयोजनाको निर्माण कार्य सम्पन्न भई पानी बितरण सुरु गरिएको समितिका अध्यक्ष हिराबहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार हाल २१ वटा धारा सञ्चालनमा आएका छन् । ‘लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थियौं, सरकारी निकायलाई धेरै अनुरोध गर्दा पनि कसैबाट चासो नदेखाइए पछि रकम संकलन गरेर आयोजना सफल बनायौं’(अध्यक्ष थापाले भन्नुभयो ।
गाउँको पश्चिम भएर बग्ने च्याँटी खोलाको पानीलाई विद्युतको सहयोगमा मोटर जोडेर रिजर्भ ट्याङ्कीमा पानी जम्मा गरेर साँझ÷विहान एक(एकघण्टा पानी वितरण गर्ने गरेको अध्यक्ष थापाको भनाइ छ । हरेकवर्ष जनघनत्व बढ्दै जाँदा पहिले सञ्चालनमा आएको पञ्चकुले आयोजनाले बढ्दो पानीको माग पुरा गर्न नसके पछि त्यसको विकल्पका रुपमा खानेपानी आयोजना सञ्चालन गरिएको थापाले जानकारी दिनुभएको छ । दिनप्रतिदिन उत्पन्न हुँदै गएको खाने पानीको समस्यालाई न्यूनीकरण गर्न स्थानीय २१ परिवारबाट ३ लाख ६० हजार संकलन गरी योजना सम्पन्न गरेको समितिका सचिव हेमबहादुर डाँगीले जानकारी दिनुभयो । लगातार ६ महिनाको कडा परिश्रमपछि आयोजना सञ्चालनमा आएको सचिव डाँगीको भनाइ छ ।
यता खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयहरु खुसी देखिन्छन् । आयोजनाको सञ्चालन पछि सार्वजनिक धारामा पानी लिन जाँदा सधँैं झगडा गर्नुपर्ने बाध्यता टरेर गएको गृहणीहरु बताउँछन् । ‘धारामा हुने सधैँको झगडाबाट मुक्ति पाइएको छ’(स्थानीय एक महिलाले बताइन् । पहिलो चरणमा २१ वटामात्रै धारा वितरण गरिएको जनाउँदै समितिका अध्यक्ष थापाले निकट भविष्यमै रिजर्भ ट्याङ्कीको क्षमता बढाएर थप थारा बिरण गरिने जनाउनुभयो । आफ्नै लगानीमा आयोजना सञ्चालनमा ल्याउनु कौशिलापुरवासीको सह्राहनिय काम भएको स्थानीय स्वास्थ्यकर्मी रामबहादुर डाँगीले बताउनुभयो । कोशिलापुरवासीले गरेको काम सबैका लागि अनुकरणीय भएको डाँगीको भनाइ छ ।