विहारको गुण्डा शासन थोपार्ने षड्यन्त्र

Filed under: दृष्टिकोण |

 

- भरत दाहाल
शान्ति प्रक्रियाको आवरणमा नेपाललाई अफगानिस्तान बनाएर आफ्नो सैन्य नियंत्रणमा लिने विदेशी शक्तिहरुका बीचको संघर्ष अधिकतम जोर जबरजस्ती रुपमा देखापर्न थालेको छ प्रधानमन्त्रीका लागि सुशील कोइरालाको नाम सार्वजनिक भएपछि सुरु गरिएको नयाँ बखेडाले विदेशी षड्यन्त्रभित्रका केही तथ्यहरुलाई सतहमा उजगर गरेका छन् । अहिलेको सत्तामाको प्रधानमन्त्री बन्ने भन्ने कुराले तात्वीक महत्व राख्दैन राज्य प्रणाली विदेशीहरुको दासत्वमा रहेसम्म जुन व्यक्ति प्रधानमन्त्री बने पनि देश र जनताको अवस्थामा उल्लेखनीय सुधार हुन सक्ने अवस्था छैन । हरेक पार्टीहरुभित्र आधार जमाएर बसेका विदेशी एजेण्डालाई नबढाइसम्म बाध्य चलखेलको प्रभावकारीतालाई रोक्न सक्ने अवस्था छैन । तर, एकादिन अगाडीसम्म काँग्रेसले प्रधानमन्त्रीको नाम दिन नसकेको कारणले प्रधानमन्त्रीको नेतृत्व हस्तान्तरण गर्न ढिलाई भएको दावी गर्दै आएका एमाओवादी र मधेशीहरुको उनको नाममा कार्यसमिति सहमति हुनासाथ नयाँ बखेडा सुरु गर्ने । एमाओवादीले संविधानका आफ्ना विषयवस्तुमा पूर्व सहमति नगर्दासम्म कांग्रेसको नेतृत्व नमान्ने कुरा उठायो भने मधेशी गुटहरुले एमाओवादीसँग भएको ४ बुँदे सहमति स्वीकार नगर्दासम्म कांग्रेस नेतृत्व नमान्ने अठ्को थापे ।
यीनीहरुको कथित पूर्वसर्तको अडानले कुन तथ्यलाई स्पष्ट पा¥यो भने जनताको मतका आधारमा संविधान निर्माण गर्ने उद्देश्य यीनीहरुको रहेको छैन । विदेशी शक्तिहरुले दिएका एजेण्डाहरुलाई पूर्व सहमतिका नाममा लडेर नयाँ बन्ने संविधानलाई बनि बनाउ रुपमा प्रभावित पार्ने योजना यीनीहरु लागेका छन् । पश्चिमी एमाओवादी शाक्तिहरुले संघीयताका नाममा एमाओवादीका हातमा थमाएको आत्मनिस्वार्थको अधिकारको विषय र भारतीय गुप्तचर संस्था रक्षाका प्रमुख आलोक जोशीको उपस्थितिमा एमाओवादी र मधेशी गुटहरुका बीचमा भएको ४ बुँदे सहमति अन्तर्गतको कथित एकमधेश प्रदेश गठन गर्ने मुद्धा रहेका छन् । यी दुई देशद्रोही शक्तिहरुलाई प्रयोग गरेर नेपाललाई समाप्त पार्ने षड्यन्त्रलाई अर्को चुनाव भन्दा पहिल्यै सुनिश्चित गर्ने दाउ यीनीहरुको रहेको छ । ंयदि यो षड्यन्त्र सफल भएन भने वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा चुनाव गराएर कथित रुपमा जनै भनिएको संविधानसभाको गठनका दौरानमा राज्यशक्तिको दुरुपयोग गरी सम्राज्यवादी शक्तिहरुको इच्छा अनुसारको गणितीय संख्या पु¥याएर संविधान बनाउने उद्देश्य रहेको छ । तेश्रो विकल्प यो देखिन्छ कि कुनै पनि षड्यन्त्र सफल हुनसक्ने आधार बनेन भने सर्तका नाममा बखेडा झिकिरहने र चुनाव नै हुन नदिई देशलाई मुढभेडको बाटोमा लैजाने सोचाई देखिन्छ । संवैधानिक निकायर कतिपय प्रशासनिक अंगहरुलाई यो तत्वले खाली गर्दै लगेको र नियुत्तीमा देखाइरहेको अनिचनले पनि यीनीहरु अस्थिरता बढाउने विदेशी योजनामा कट्टिबद्ध भएर लगेका हुन भन्ने देखिन्छ । १२ बुंदे समझदारीका नाममा अघि बढेको सम्राज्यवादी विस्तृवादी रणनितीका बारेमा नेपालका देशभक्तहरुले सुरुदेखि नै आफ्नो आवाज स्पष्ट पार्दै आएका हुन् । नेपाललाई आफगानिस्तानी भनेर आफ्नो हात बलियो पार्ने यो षड्यन्त्र बाट देश र जनताले आफै निकास पाउन सक्ने सम्भावना पनि थिएन त्यसैले यहाँ एकपछि अर्को गरी पचासौ बहानाहरु बनाइदै र सहमतिका नाममा सम्राज्यलाई नयाँ ढंगले जटिल बनाउने काम हुँदै आएको छ । अहिले जब विदेशी एजेण्टहरुले जनताको हातबाट पिटाई खाने अवस्था सिर्जना भयो परिस्थितिलाई आफ्ना विरुद्धमा विष्फोट हुन नदिन विदेशी शक्तिहरुले नेपाललाई निर्णायक रुपमा थला पर्ने कदम अघिबढाएका छन् । यसैको संकेत हुने वर्तमान सत्ता … दाउपेच एमाओवादी र मधेशीहरुको आउमा दिल्लीले नेपालमा गुडा शासन अघि बढाउन प्रयास गरिरहेको छ । संवैधानिक अंगहरु समाप्त पारेर राज्यमा अपराध र दण्डहिनतालाई संस्थागत भनेर शासन प्रणालीलाई बाहुलरको पर्यायवाती वनाएर २ सहमतिका नाममा दादागीरी देखाएर त्यसले हाम्रो देशलाई लालु यादवको पालाको विहार वनाउन खोजेको छ । यहाँका सबै राजनितीक दलहरु र नेपाली जनतालाई लगाएर २००७ सालपछि बनेको सरकारझै सिधै आफ्नो नेतृत्वमा सरकार चलाउन खोजीरहेको छ ।
परिस्थिती वाहन जे देखिदैछ यतिमा मात्र सिमित छैन काठमाण्डौस्थित गुप्तचर निकाय र विषेषज्ञहरुको अनुमान अनुसार नेपालभित्र नागरिक भेष वा विभिन्न व्यवसायको बहानामा विभिन्न बाह्य देशका झण्डै ५० हजार सैनिकहरु प्रवेश गरिसकेको चर्चा सरु भएको छ । नेपालभित्र कुनै पनि बेला कुनै पनि रुपको विष्फोट हुन सक्ने कुरालाई आधार बनाएर विदेशी सेनाहरु केन्द्रीत हुँदै गएका छन् । यसबाट के कुराको अनुमान गर्न सकिन्छ भने आफूभन्दा पहिले अर्को देशको सेना प्रवेश गर्न सक्ने संभावनालाई मध्येनजर राखी सवै विदेशी शक्तिहरु आफ्नो अन्तिम तयारीमा अघि बढिसकेका छन् । दलहरुभित्र विदेशी शक्तिका जासुस र एजेन्टहरुको घेराबन्दीका कारणले देशभित्रको संकटको गम्भीरताका बारेमा बहस राम्ररी उठ्न सकिरहेको छैन । संकटको विषयवस्तुलाई ओझेलमा पार्न यस्ता तत्वहरुले आ–आफ्नो पार्टीलाई नक्कली विवादहरु र कुर्सीको सेरोफेरोभित्र घुमाईरहेका छन् । २००७ सालदेखि चल्दै आएको पद र पैसाको राजनीतिक मनोविज्ञानका कारणले राम्रा मानिएका मानिसहरु पनि समस्या समाधानको वास्तविक धरातलमा उभिन सकरिहेका छैन । यस्तो विषय परिस्थितिमा सबैतिरका देशभक्तहरुले पहलकदमी आफ्नो हातमा लिन आम नागरिकहरुका विचमा जन र देशभक्तिको प्रश्नलाई धुरीमा राखेर किताबन्दीको दिशामा अघि बढ्न अनिवार्य जस्तै भैसकेको छ ।
अहिले देखापरेको संकट रातारात उत्पत्ती भएको होइन । यो १२ बुँदे समझदारीपछि आम विकसित हुन थालेको पनि होइन । १२ बुँदे त साम्राज्यवादी नितमवादी व्यक्तिहरुको योजनाको उत्कर्षको कडीमाम थियो । यदि साँच्चीकै अर्थमा हाम्रो देशलाई समाप्त पार्न चाहने विदेशी र तिनका एजेन्टहरुको षडयंत्रको सामना गर्ने संकल्प गर्ने हो भने कम्तीमा पनि निरक्ष २ दशक यताको समग्र परिवेशको अध्ययनमा केन्द्रित हुनै पर्छ र विदेशीहरुले सुरु गरेका हमलाका .. विषयहरुको किटान गर्नै पर्ने हुन्छ । इतिहासबाट पाठ सिकेर भविष्यका लागि ठिक दिशा निर्धारित गर्नै पर्ने हुन्छ । नेपालाई बुमन विशेश गरी यसको पृष्टभूमीसँग जोडिएका ५ वटा घटनाहरुका वारेमा बहस सुरु गर्नु पर्दछ । नेपाल अहिलेका हालतमा आउनुको पहिलो कारण २०४७ सालपछिको कथित निजी करण हो । काँग्रेसले सुरु गरेको यो नितिले देशको आत्मनिर्भर जयका रुपमा रहेको राष्ट्रिय अर्थतन्त्र ध्वस्त वनायो र नेपाललाई आर्थिक रुपले विदेशीहरुको हल बजार बनाईदियो देश पूर्ण रुपले विदेशीहरुको दानमा बाँच्नु पर्ने परिस्थिति खडा गरिदियो । दोश्रो हातमा मदन भण्डारीको हत्यासँग जोडिएको छ यो घटना नेपालको बामपन्थी आन्दोलनलाई देशभक्तिको बाटोमा अघि बढ्न नदिने कुरासँग जोडिएको छ । एमालेभित्र उदनिधालेको देशभक्तहरुको हत्यापछि विदेशी तत्वले पुस्तकहरुमा दाहाल र बावुरामलाई उपयोग गरेर नेपालको समग्र जीवन प्रणालीको ढाँचामाथि हमला गरेको थियो । माओवादीका नामबाट गराइएको यो विश्व खबर समाजपूरै खलबलिएर राज्यप्रणाली निकै कमजोर बन्न पुग्यो यही मौका छोपेर विदेशीहरुले राजा विरेन्द्रको परिवारको हत्या गरेर राज्यको शक्तिले दुख रुपमा रहेका सेनालाई आफ्नो ………. मा लगे ।
दरबार हत्याकाण्डपछिको पाँचौ हमला थियो १२ बुँदे समझदारी दरबार हत्या काण्डपछि यहाँको आन्तरिक द्वन्द्व संचालनको लगाम विदेशीहरुका हातमा हस्तान्तरण गर्ने योजनाबाट त्यो समझदारी भएको थियो र त्यसैलाई दिया बनाएर अब नेपाललाई आफगानीकरण गर्ने खेल अघि बढेको छ । ती विषयहरुमा गंभीरता पूर्वक बहस अगाडी बढाएर काम सत्ताभित्र वा बाहिर रहेको विदेशी गुण्डहरुलाई जनताबाट अलग गर्न र जनतालाई देशभक्तिको विजयी बाटोतिर अघि बढाउन सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com