रोल्पाको जलजला जसको इतिहास लामो छ

Filed under: यसपाली |

kb mashalसंसारमा प्रत्येक १० जनामा १ जना मानिस पहाडमा बसोबास गर्दछ । पहाडको स्रोतबाट नै संसारका आधाभन्दा बढि जनसंख्याले पानीको स्रोत प्रयोग गरेका हुन्छन् । संसारमा भएका पहाडमध्ये एशिया महादेशमा मात्र ५४ प्रतिषत भू–भाग रहेको छ । बाँकी उत्तर अमेरिका ३६प्रतिषत दक्षिण अमेरिका २२ प्रतिषत युरोप २५ प्रतिषत अष्ट्रेलिया १७ प्रतिषत र अफ्रिकी मुलुकमा ३ प्रतिषत मात्र पृथ्वीको भू–भाग पहाड बनेको छ हाभ्रो देश नेपालमा हिमाल १५ प्रतिषत पहाड ६८ प्रतिषत र तराई १७ प्रतिषत भू–भागले ओगटेको छ ।
हिमाल, पहाड र तराईको भूमण्डलबाट बनेको नेपालमा धेरै जिल्लामा रहेका कतिपय पहाड ऐतिहासिक महत्वका धरोहर बनेका छन् । पहाडनै धार्मीक स्थल, पर्यटकीय स्थल बनेर जिल्लाको गरिमा बढाएको छ । मध्यपश्चिमको रोल्पा पहाडै पहाडको श्रृंखलाबाट बनेको छ । ५१ गविसमा विभाजित रोल्पा जिल्लाको सातदोबाटो, सखी, जंकोट, थुर्पा, टिलाडाँडा, गढीलेख र जलजला पहाड रोल्पा जिल्लाका प्राकृतिक धरोहर हो । तीमध्ये जलजला पहाड देशभित्र मात्र होइन संसारभर परिचित भएको छ । रोल्पालीहरुको मुटु जलजला पहाड आज प्राकृतिक, धार्मीक, सांस्कृतिक र पर्यटकीय स्थलको पहिचानमा उभिएको छ । रोल्पा जिल्ला खाम भाषीहरुको वाहुल्यता भएको जिल्ला हो । ५१ गविसको नाम पनि खाम भाषामा नै रहेको छ । यहाँको खोला, पहाड, गाउँ र बस्तीहरुको नाम पनि धेरै ठाउँमा खामभाषाबाटनै राखिएको छ । जलजला पहाडलाई खाम भाषामा बुढापाकाले गाउँमा र नयाँपुस्ताहरुले जलजलालाई गोङ भन्ने गर्दछन् ।
जलजला पहाड धार्मीक किवंदन्ति अनुसार धौलागिरि हिमालबाट बसाइ सरेर आएको वराहको भूमि मानिन्छ । जलजला थवाङ, जेलवाङ, उवा, सेरम, धवाङ र मिरुल गरी ६ गाविसको साझाचुली सौन्दर्यको प्रतिक मानिन्छ । वराह धवलागिरिबाट बसाई सरी आउँदा २२ बहिनी बज्यू माइतीसँगै जलजलामा बसाई आएको धार्मीक विस्वास छ । त्यसै ले कैलु वराहको पूजा गरेपछि २२ बहिनी रानी बज्यूहरुको पूजा गर्ने प्रचलन छ । रोल्पालीको मात्र नभएर जलजला राप्तीवासीकै धार्मीकस्थल पनि हो । यहाँ तीनवटा वराहको मन्दिर रहेका छन् । जसलाई कैलु वराह, वजु वराह, र सहदे वराह भन्ने गरिन्छ । प्रत्येक वर्षको वैशाख, जेष्ठ र जनैपूणीमाको दिन यहाँ मेला पनि लाग्ने गर्दछ । जलजला सदरमुकाम लिवाङदेखि २४ कोष र व्यापारी केन्द्र सुलिचौर देखिको दूरी उत्तर सिमामा पदछ । सामुन्द्रिक सतहदेखि ३१९३ मिटरको उचाइमा रहेको जलजला पहाडमा विभिन्न किसिमका प्राकृति फूलहरु ले जलजलालाई सजायको हुन्छ । मौसम परिवर्तन हुनासाथ जलजलाका फूलहरुले पनि आफ्नो रङ फेर्न थाल्दछ । नेपालको अन्य पहाडमा रातो फुल्ने लालीगुराँसको फूल जलजला पहाडमा सेतो रङको पनि फुल्ने गर्दछ । त्यही लालीगुराँस चैत महिनामा रातो र वैशाख महिनामा सेतो फुलेको देख्दा जलजला पुग्ने मानिसहरु अचम्म मान्दछन् ।
जलजला पहाडको श्रृखंला दुर्लभ पंछी र वन्यजन्तुहरुको वसोवास पनि मानिन्छ । यहाँ पाइने डाँफे, मनाल, कालिज, प्युरा जस्ता पंछीहरु ले जलजला लाई आफनो स्वरले त्यहा पुग्ने मानिरहरु लाई स्वागत गरि रहेका हुन्छन ।त्यसैगरी जलजलामा पाईने घोरल,थार, मृग, वदेल,भालु जस्ता जंगली जनावरहरु पनि पाइन्छ । जलजला पहाड लाई दुर्लभ मानिने जटामसी,पदमचाल्ना,केशरनिङ,जस्ता दर्जनौ जडिवुटि ले पहाडको महन्व वढायको छ ।
ऐतिहासिक महत्वको जलजला पहाड पल्लिो समयमा नेपालको राजनैतिकसँंग पनि गाँसिएको छ । युद्धको समयमा रोल्पाको इतिहासमा नै एउटै गाउँ जलजला नजिक जेत्वाङमा ६२ जनाले ज्यान गुमाउन परेको थियो । त्यसैले आजभोलि जलजला पहाडलाई राजनैतिक र वलिदानीको केन्द्रको रुपमा जलजला लाई विकास गर्न थालियको छ । जलजला पहाडकोशिरमा सहिद स्मृति स्तम्भ निर्माण गरियको छ । अझपनि जलजला पहाडमा राता हसिया हतौडाका झण्डा फरफरायको देखिन्छ ।
प्राकृतिक सौन्दर्यता ले मनमोहक रोल्पाको जलजला पहाड पुग्नको लागि सुलेचौरसम्म वसको यात्रा र त्यसपछि तिनघण्टाको कच्ची मोटर मार्गको यात्रापछि जेल्वाङ पुगिन्छ । अर्कोदिन एकदिन पैदल यात्रा पछि जलजला पुग्न सकिन्छ । भने जिल्ला सदरमुकाम लिवाङ देखि थवाङ हुदै२ दिनको पैदल यात्रामा पनि जलजला पुग्न सकिन्छ । ऐतिहासिक महत्व वोकेको जलजला पहाडको दृष्यावलोकन को लागि रमणिय स्थल मानिन्छ ।जलजला बाट रोल्पाको भूगोल मात्र होइन रुकुम जिल्लाको सिस्ने हिमाल र अनगिन्ती लेक,वेसि र प्राकृतिक सौन्र्दयताको आनन्द लिन सकिने थलो हो जलजला । जलजला सम्मको यात्रा गर्न सके रोल्पाली जनजीवन र रोल्पाको यथार्थता जान्न सकिन्छ । एक पटक रोल्पाको भ्रमण गर्न सके राभ्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com