- विना भट्टराई
जोसँग सामथ्र्य, शतिm र उत्साह हुन्छ । जसको काँधमा देशको सम्पूर्ण भार हुन्छ । त्यो नै युवा हो । जसको उमेर १८ वर्षदेखि ४० वर्षसम्मको मान्ने गरिएको छ । जुन उमेरमा गर्मीमा आगोको राप र चिसोमा वरफका थुप्रो समेत सहन सक्ने क्षमता रहेको हुन्छ । त्यस्ता व्यतिmले चाहेभने पहाडका भिर र चट्टान फोडेर बाटो बनाउन तयार हुन्छन् । देशको विकासलाई सजिलै गति दिन सक्दछन् । तर, बिडम्वना के छ भने, युवाको त्यस्तो अमुल्य श्रमलाई नेपाली माटोमा मिसाउन सकेका छैनौँ । नेपाली राजनीतिले गर्दा र देशका नाइकेहरुको आत्मगत स्वार्थका कारण देशको अमुल्य श्रमलाई विदेशी भुमिमा बेच्न बाध्य छन युवाहरु । आफ्नो गाँस, बाँसको वास्तै नगरी परिवारको गरिवीाको दाग हटाउन र पारीवारिकको दुःखलाई सुखमा परिणत गराउन अनेकौ सपना बोकेर विदेशी भुमिमा पाइला राख्न कसैलाई मन हँुदैन । तर, बाध्यता त्यही छ कुनै काम नपाउनु पाए पनि बाँच्न गाह्रो पारिश्रमिक भएकाले पनि सम्पूर्ण श्रम विदेशी भूमिमा चुहावट भैरहेको छ । यस्तो अवस्थामा पनि कसरी देशको विकासले गति लिन सक्ला ?
देशको विकास गतिले पटक्कै फट्को मार्नसकेको छैन । गरिवका पीडा, विवस्ता र युवाको समस्या जाजुल्यमान भएका छ । समकालीन राजनीतिले गर्दा अहिलेको नेपाली युवाको मुख्य आम्दानीको श्रोत नै खाडी मुलुक बनेको छ । नेपालको अस्तव्यस्त जनजीवनले गर्दा नै आम नेपाली युवाको रोजाई विदेशी भूमि बनेको हो । नेपालमा रोजगारी नपाई र पाइहाले पनि श्रमको सम्मान नहुनाको कारणले गर्दा आम नेपाली युवाको चासो नै बिदेश बनेको छ । जोसपूर्ण नेपाली युवाको श्रम नेपाली माटोमा मिसाउन नसक्दा नेपालको विकासक्रमले गति लिन सकेको छैन । समस्याका ताँतीहरु लागेका छन् ।
तर, ती समस्याको समाधान हुने प्रयास कुनै पनि देखिएको छैन । जुन कारणले देशको भविष्य अब कतातिर जाला ? यो प्रश्न आम जनमानसमा सवाल उठ्न थालेको छ । विकासको भविष्य नेपालदेखि नै टाढा भैदिदा कसरी देशलाई गति दिन सकिन्छ भन्ने सवाल देशमा उठ्न थालेको छ ? त्यसैले नेपाली भविष्य सुन्दर र संवृद्धि बनाउन चाहने हो भने नेपाली युवाको श्रमलाई विदेशी भूमिमा चुहावट हुन कदापी दिन हुदैन । जसका लागि नेपाली युवालाई स्वरोजगारमुखी बनाउन आवश्यक देखिन्छ । जबसम्म नेपाली मुलुकमा नेपाली राजनीतिले सफलता पाउन सक्दैन । तबसम्म नेपाली युवाको रोजगारको ग्यारेण्टी सरकारबाट हुने कुनै ठाउँ देखिदैन । त्यसैले नेपाली युवालाई चाहिदाको भाँडो, नचाहिदाको ठाँडो हैन, श्रम र शक्तिसँगै उनीहरुको सम्मान गर्न सके मात्र बढ्दै गएको युवाको बिदेशी आकर्षणलाई रोक्न सकिने थियो । देशमा प्रजातन्त्र आउँदादेखि लिएर जनयुद्ध र जनआन्दोलमा देखिएकोे महत्वपूर्ण साथ युवाको नै रहेको थियो । युद्धमा लगाएर सफलता मिलेपछि युवालाई वास्तै नगर्नाले आज युवा आफैमा गिर्नु पर्ने अवस्था आएको छ । जोस र जागर भएर पनि त्यसै हराएको छ । तातो र रातो रगतले कोरेको सिमामा आज गिद्ध दृष्टि परिरहेको छ । नेपाली राजनीति फोहोरी खेल भैदिदा आज विदेशी राष्ट्रका लागि नेपाल एउटा रङ्गमञ्च बनेको छ । तर देश हाँक्ने ड्राईभरलाई नै थाहा छैन कि खतराको बाटो आएको छ भनेर, त्यो अनुभूति त केवल जनताले मात्र गरेको हामी पाउँछौ । आजका नेताहरुमा जनताले सुम्पिएको देशको भार थेग्नसक्ने सामथ्र्य नभएको हामीले देखिरहेका छौ । जसोगरी एउटा बुढो व्यक्तिको शतिm कमजोर भएर भारी बोक्न सक्दैन, त्यसैगरी नै देशको सम्पूर्ण भार थेक्न नसक्ने स्थिति आजका नाइकेको रहेको छ । जसकारण खतरामा पर्न लागिरहेको स्थिति अहिलेको बनेको छ । त्यसैले अबको देशको भार बोक्ने साथ बुढाको मात्र होइन, युवाको पनि हुन जरुरी देखिन्छ ।
विदेशी भूमिमा चुहावट भैरहेको युवाको श्रमलाई नेपाली माटोले मागिरहेको छ । असहमतिको अन्यौलतालाई हटाउन अब युवाको साथ र सहयोग आवश्यक छ । त्यसैले युवालाई झोला बोकाउने अहिलेको प्रवृत्तिलाई हटाएर एक जुटका साथमा युवाको सहयोगको सम्मान गर्दै अगाडि बढेमा देशको अन्यौलपूर्ण स्थिति र युवाको विदेशी आकर्षनलाई केही हदसम्म कम गर्न सकिनेछ । अबको बाटो भनेको युवा सहभागिताको पनि रहने छ । जब युवाले यो देशको नेतृत्व लिन्छ । तब देशको विकासले गति पनि पूर्णता पाउन सक्छ । त्यसैले चलिरहेको असहमतिको राजनीतिलाई सहमतिको दिशामा अगाडि बढाउनका लागि जसरी युद्ध सफल बनाउनका लागि युवाको प्रयोग भएको थियो, त्यसैगरी शान्तिको बाटोमा आउन पनि युवाकै साथ र सहयोग अति महत्वपूर्ण छ । युवाले गरेका कामको सम्मान गरेर युवा जागरणको आवाज बुलन्द गरी हरेक विकासका कामहरुमा युवाको उल्लेखनीय सहभागिता हुन सके मात्र सहिदको सपना पूरा हुने थियो । त्यसैले प्रत्येक राजनीतिक जिम्मेवारी बहन गरेका व्यतिmले युवा सहभागितालाई प्राथमिकतामा राखी आत्मगत स्वार्थ भन्दामाथि उठेर अगाडि बढेमा देशभित्रका आम समस्याको समाधान खोज्न सकिने थियो । अहिलेको मुख्य समस्या युवा बेरोजगार हुनुमा यही राजनीतिको हात रहेको छ । कुनै परिवारको भरपर्दो अभिभावक भनेकै त्यस परिवारको नेतृत्व लिने व्यतिm हो । उसैले नै परिवारको सम्पूर्ण जिम्मा लिएको हुन्छ । जिम्मा लिने ब्यतिmले आफ्नो भूमिकालाई निष्ठा र इमान्दारीका साथ सञ्चालन गर्न सकेमा त्यो परिवार शान्त र राम्रो बन्न पुग्दछ । हैनभने त्यो परिवारमा कलह उत्पन्न हुन थाल्छ । अनि देखिन थाल्छन्, आर्थिक समस्याहरु । त्यसपछि सबै ब्यतिmको भविष्य अन्धकारमय बन्दछ । कुनै पनि देशका जनताको भरपर्दो अभिभावक भनेको त्यस देशको सरकार हो । राज्य सञ्चालन गर्ने प्रमुख भुमिका भनेकै सरकारभित्रका निर्णायक व्यतिmको रहन्छ । उनीहरुले नै देशको सम्पूर्ण भूमिका बोकेका हुन्छन् । उनीहरुको त्यो भुमिका कति हदसम्म निर्वाह गर्ने भन्ने कुरा उनीहरुको काम गर्ने शैलीले देखाएको हुन्छ । कामलाई ईमान्दारीताका साथमा सञ्चालन गर्न सकेमात्र देशको स्थितिमा सकारात्मक परिवर्तन आउने थियो । तर, अहिलेको सरकारमा हेर्ने हो भने नेतृत्वकर्ताले आफ्नो भुमिकालाई निष्पक्ष ढंगबाट अगाडी बढाउन सकेका छैनन् । एकले अर्कालाई दोष देखाउदै आरोप प्रत्यारोप गरिरहेका छन् । यसरी चलिरहेकको राजनीतिलाई सहमतिको बाटोमा डो¥याउन अब युवाको जोशपुर्ण सहभागिता, शतिm र सामथ्र्य रहन जरुरी छ । खाडी मुलुकमा चुवाहट भैरहेको युवा शतिmलाई नेपाली माटोमा सदुपयोग गरे मात्र विकासका कामले गति लिन सक्ने छन् । जसका लागि युवाको कामको सम्मान गर्दै, युवालाई नै विकाशील काममा सहभागी बनाउन आवश्यक रहेको छ ।