फोहोरमैला मुक्त जिल्ला बनाउने अभियान थालौं

Filed under: सम्पादकीय |

दाङ एशीयाकै ठूलो र सुन्दर उपत्यकामा पर्दछ । दाङलाई सही तवरबाट अगाडि बढाउन सकेको खण्डमा दाङ विश्वमै चर्चा गर्न लायक ठाउँ बन्नसक्छ । नेपालको सन्दर्भमा भन्नु पर्दा दाङको घोराही अहिले मुलुककै उत्कृष्ट नगरपालिकामा पर्दछ भने तुलसीपुरले पनि राम्रो काम
गरिरहेको छ । तर, बिडम्वनाका साथ भन्नुपर्छ । तुलसीपुरमा अहिलेसम्म फोहोर व्यवस्थापन गर्ने स्थान निर्माण हुनसकेको छैन । नगरपालिकाले ल्याण्डफिल साइट निर्माणका लागि खरिद गरेको जग्गा पनि विवादमा तानिएको छ । यता
घोराहीमा भएको ल्याण्डफिल साइट पनि क्रमशः अस्तव्यस्त हुने खतरामा छ । घोराही नगरभित्र रहेका ल्याण्डफिल साइट नेपालमै नमूनामा गनिन्छ । तर, केही समययता वजारमा अत्यधिक बढेको अनियन्त्रिक प्लास्टिकको झोला प्रयोगले एकातिर ल्याण्डफिल साइट अस्तव्यस्त हुँदै गएको छ,भने अर्कोतर्फ वातावरण समेत व्यापकरुपमा प्रदुषित हुने खतरा छ ।
घोराही वजारका केही स्थानमा मात्र नगरपालिकाले फोहोर उठाउने प्रबन्ध मिलाएको र त्यहाँ अत्यधिक प्लास्टिकको प्रयोग हुने भएकाले गल्ने फोहोर र नगल्ने फोहोर छुट्टाउनका लागि समेत समस्या परिरहेको देखिएको छ । यसैगरी नगरपालिकाले फोहोर उठाउने प्रबन्ध नगरेका स्थानमा रहेका खाली जमीन, खेतबारी, खोला, कुलामा जताकतै प्लास्टिकै प्लास्टिक भएकाले यसबाट नगरमा व्यापकरुपमा प्रदुषण फैलिएको छ । यसैगरी खेतबारीमा अन्न उत्पादन हुन छाडेको छ, भने खोला, कुलाहरुमा पानीको सतह घटेका छन् । वजारका नालाहरु समेत प्लास्टिकका कारण बुझिएका छन् । यदि समयमै प्लास्टिक मुक्त जिल्लाकारुपमा दाङलाई स्थापना गर्न सकिएन भने यो भन्दा ठूलो दुर्भाग्य केही हुनेछैन ।
विश्वमा जलवायु परिवर्तन हुने र वातावरण प्रदुषित हुनेक्रम तीव्ररुपमा बढेको छ । स–साना कुराहरुमा ध्यान नदिने, लापरवाही गर्नेलगायतका कार्यहरुले गर्दा मानव जीवन नै संकटमा पर्ने सम्भावनाहरु बढेको छ । कम विकसित मुलुकहरुले वातावरण प्रदुषणबाट हुने हानीबाट बच्न अन्य कुनै वैकल्पिक उपाय गर्न नसक्ने भएकाले पनि नेपाल जस्तो अल्पविकसित मुलुकले वातावरण स्वच्छ राख्न नागरिकस्तरबाटै गर्नसक्ने कार्यलाई बढी प्राथमिकता दिनुपर्छ । दाङलाई पनि वातावरणमैत्री जिल्ला बनाउनका लागि हामीले यही गर्न सक्ने कार्यलाई बढावा दिनुपर्छ । प्लास्टिक नियन्त्रण, प्रशस्त वृक्षरोपण, वृक्षरोपण संरक्षण, प्राकृतिक सम्पदाको संरक्षणलगायतका कार्यहरु गर्नेतर्फ ध्यान दिनुपर्छ । तर, यी सबै कार्यहरुलाई प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायहरुले अभियानको थालनी गर्दै त्यसमा सिंगो जिल्लालाई सहभागी हुने वातावरण निर्माण गर्न जरुरी छ । त्यसैले छिटो भन्दा छिटो दाङलाई प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि नगरपालिका, पुलिस–प्रशासन, उद्योग वाणिज्य संघ, पत्रकार, नागरिक समाज, राजनीतिक दल सबैले आ–आफ्नोतर्फबाट भूमिका निर्वाह
गरौं । अभियान नै सञ्चालन गरेर दाङलाई ‘प्लास्टिक मुक्त जिल्ला बनाऔं, वातावरण संरक्षण गरेर समाज दुर्गन्धित र प्रदुषित हुनबाट जोगाऔं ।’ केही दिन यता दाङको घोराही र तुलसीपुरमा नियमित जसो सर्वसाधारणकै अगुवाइमा सरसफाईलगायतका कार्यहरु भइरहेका छन् । जसले जस्तो अभियान शुरु गरेपनि प्लास्टिकको नियन्त्रण नहुँदासम्म बजार फोहोर हुन छाड्ने छैन । त्यसैले जिल्लालाई प्लास्टिक मुक्त बनाउनका लागि सबैले पहलकदमि लिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com