काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाल यतिबेला अमेरिकातिर बरालिदै गरेको चर्चा काठमाडौँंमा छ । उनी काठमाडाँैं वा अमेरिका जहाँ भए पनि मिसिङ हेटौडा भन्दै दाहालले आफ्नो फेसबुक वालमार्फत् एमाओवादीको महाधिवेशनलाई शुभकामना दिएर चित्त बुझाउने कोसिस गरिरहेका थिए । किन बिग्रिस मङ्गले आफ्नै ढंगले भने झैं प्रचण्ड पुत्र दाहालको स्टाट्स्मा आएका कमेन्ट र त्यसमा दाहालले दिएका प्रतिउत्तरले एमाओवादीप्रति हेरिएको जनमतको सानो प्रतिबिम्ब देखापर्छ रमाइलै सही, दाहालको स्टाटस र त्यसमाथिको टिप्पणीले फेसबुक सञ्चालनकर्ताहरुलाई भने रौनकता थपेको छ ।
दाहालको जोडीको अमेरिकातिर (?) को माहोल भन्दा निकै रौनक छ हेटौंडातिर । काठमाडांैमा कि प्रवास (?) मा निरस जीवन बिताइरहेका भनिएका प्रकाशले आफूलाई देश आउने वातावरणका लागि कसैले पहल नगरेको गुनासो पनि फेसबुक वालमै गरेका छन् । प्रभाकर, दिवाकर वा अनन्तलाई भनेर फिर्ताका लागि पहल गरिदिन पनि आह्वान गरेका छन् । प्रचण्डपुत्र दाहालले यो एकता र क्रान्तिको बाँकी कार्यभार पूरा गर्न महाधिवेशन बनोस्, यही शुभकामना तथा महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुले त्यही अनुरुप भाग लिनुहुनेछ । मिसिङ हेटौंडा भन्दै दाहालले स्टाटस पोष्ट गरेका छन् । प्रकाशको उक्त स्टाट्स्पछि आएका कमेन्ट भने झन् रोचक र चाखलाग्दा छन् । जोक गरेर नै होला फेसबुकमा हाकु कालेले तिखो टिप्पणी गरेका छन् र भनेका छन्, ‘कमरेड देऊ देऊ शुभकामना, बाले सहकारी खोल्ने रे, नौलो जनवाद पुरानो भो रे । मेरो पनि शुभकामना गोपाल किराँतीलाई यो महाधिवेशनले गर्दा झर्के थालमा खाना खाने सुअवसर मिलोस्’–डी आर लामिछानेले पार्टीमा गुटको अन्त्य नभएसम्म एकताको महाधिवेशन हुन नसक्ने टिप्पणी गरेका छन् ।
उदय जीएमले के शुभकामना बाँडिराखेको आउनुपर्छ नि भनेका छन् । त्यसको प्रतिउत्तरमा आउने मन भए पनि पहलकदमी कसैले नगरेको गुनासो पनि प्रकाशले गरेका छन् । त्यसको प्रतिउत्तरमा उदयले पिताजी अध्यक्ष प्रचण्डको नम्बर मागेका छन् सोर्स लगाई दिने भन्दै जोक गरेर । फेरि प्रकाशले प्रतिउत्तरमा साँच्चिकै जस्तो गरी प्रभाकर, अनन्त वा दिवाकरमध्ये कसैलाई भने पछि हुन्छ भनेका छन् । भवानी पन्तले जापानबाट कमेन्ट गरेका छन्–‘कसरी एकताको ?’ प्रकाशले शुभकामना दिन कञ्जुस्याँइ गरेको भनिहाले र प्रतिउत्तरमा पन्तले पार्टी फुटेको बेला कसरी एकता भन्ने संकेतमा नबुझेको भनेका छन् । त्यसमा पनि प्रकाशले हाँसोमा उडाउँदै जापानमा बसेर टन्न पँैसा कमाउन आदेश दिएका छन् ।