न्यूनतम मापदण्ड पुरा नगर्ने खाद्य उद्योगहरुमाथि छानबिन

Filed under: ताजा समाचार,समाचार |

घोराही/दाङ जिल्लामा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुमध्ये एउटा उद्योग कारवाहीमा परेको र अन्य ४ उद्योगमाथि छानबिन गर्न अनुसन्धान भइरहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका दाङस्थित खाद्य निरीक्षक नवराज श्रेष्ठले दिनुभएको जानकारी अनुसार खरेल मिनरल वाटर घोराहीबाट पानीको नमुना लिई गुणस्तर जा“च गर्दा पिएच मान न्यूनतम ६.५ देखि ८ सम्म हुनुपर्नेमा ५.७१ भएको, पानीमा फिकल कोलिकोन जस्ता व्याक्टेरिया भेटिएको, राप्ती ड्रिकिङ वाटर उद्योग तुलसीपुरबाट उत्पादित पानीमा पनि बेक्टेरिया देखिएको, साइराम ड्रिकिङ वाटर लमहीमा पनि न्यूनतम मापदन्डभन्दा पिएच कम देखिएको, सरस्वती तेल उद्योग टरिगाउ“बाट उत्पादित तेलमा अन्य तेलको मिसावट देखिएको रिपोर्ट प्राप्त भएकाले ती उद्योगहरुमाथि अनुसन्धान थालिएको हो ।
त्यसैगरी स्वर्गद्वारी ड्रिकिङ वाटर उद्योगले पनि पिएच मान ६.१ देखिएकाले नेपाल सरकारले तोकेको प्रशोधित पिउने पानीका लागि अनिवार्य गुणस्तर अनुरुप नभएको देखिएको भन्ने प्रतिवेदनका आधारमा १ हजार ५ सय जरिमाना गरिएको खाद्य निरीक्षक श्रेष्ठले बताउनुभयो । फेरि सो उद्योगबाट उत्पादित पानीको नमूना लिई जा“च गर्दा न्यून गुणस्तर देखिएमा उद्योग बन्द हुन सक्ने निरीक्षक श्रेष्ठ बताउनुहुन्छ । त्यसैगरी पोख्रेल किराना पसल लमहीले लेवल नलगाएको विस्कुट विक्री गरेको, रैमुल्ला स्टोर तुलसीपुरले खाने अवधि समाप्त भएको विस्कुट विक्री गरेको, बोलबम किराना पसल लमहीले उपयोग मिति समाप्त भएको खाद्यपदार्थ बिक्री गरेको, लल्लु किराना पसलले लेवल नलगाएको चकलेट बिक्री गरेकाले ती खाद्यवस्तुको नमुना लिई जाँच गर्दा अखाद्य देखिएकाले खाद्य ऐन २०२३ अनुसार मुद्दा चलाई अनुसन्धान भइरहेको छ ।
त्यसैगरी न्यू सिर्जना सप्लायर्स तुलसीपुरले न्यून गुणस्तरको दाल बिक्री गरेको र अरनिको मिनी मार्केट तुलसीपुरले म्याद नाघेका विस्कुट बिक्री गरेकाले उनीहरु उपर पनि अनुसन्धान भइरहेको निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । ‘उद्योग तथा पसलहरुबाट लिइएका खाद्यवस्तु नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाई क्षेत्रीय कार्यालय हु“दै खाद्य जा“चको प्रतिवेदन प्राप्त हुने र सोही आधारमा खाद्य ऐन अनुसार दण्ड सजाय हुने व्यवस्था छ’– खाद्य निरीक्षक श्रेष्ठले भन्नुभयो । खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ अनुसार न्यून स्तरको खाद्य पदार्थ उत्पादन गर्ने, विक्री वितरण र निकासी पैठारी गर्नेलाई पहिलोपटक १ हजारदेखि २ हजारसम्म जरिवाना गर्ने र दोस्रो पटकदेखि पटकैपिच्छे २ हजारदेखि ५ हजारसम्म जरिवाना गर्ने वा ६ महिनादेखि १ वर्ष कैद गर्ने वा दुवै सजाय गर्न सकिने व्यवस्था छ । सोही ऐनको उपदफा ३ अनुसार दूषित खाद्यपदार्थ उत्पादन गर्ने बिक्री गर्ने, निकासी पैठारी गर्नेलाई ५ देखि १० हजार जरिवाना वा १ देखि २ वर्ष कैद वा दुवै सजाय हुने दुषित खाद्यले ज्यान जानसक्ने वा ज्यान जाने वा अपुरणीय क्षति भएमा त्यस्तो पदार्थ उत्पादन र बिक्री गर्नेलाई १० देखि २५ हजार जरिवाना र तीनवर्ष कैदको व्यवस्था सोही ऐनको दफा ४ ले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com