न्याय दिने सेवा केन्द्र सहयोगको आशमा

Filed under: विविध |

- सन्तोष खनाल

दाङ । महिला हिंसा न्यूनीकरण र सामाजिक न्याय दिलाउन प्रत्येक इलाका क्षेत्रमा गठन भएका सेवा केन्द्र अनुरुप चैलाहीमा गठन भएको गाविसस्तरीय सेवा केन्द्र कतैबाट पनि सहयोग जुठ्न नसक्दा अलपत्र हुने अवस्थामा पुगेको छ । महिलाको सुरक्षा मानव अधिकारको रक्षा, घरेलु हिंसा तथा यौनजन्य दुव्र्यहारबाट प्रभावित महिलाहरुका लागि गठन गरिएको चौलाहीको गाविसस्तरीय सेवा केन्द्र सहयोगको आशामा रहेको सेवा केन्द्रले जनाएको छ । केन्द्र स्थापनाका लागि महिला विकास कार्यालयले सहयोग गरेको भए पनि गाउँ–गाउँका महिला समूहको नेतृत्व गरी गाविसस्तरको मनकामना महिला बचत तथा ऋण सहकारी संस्थाको पारालिगल कमिटी र कमिटीले सञ्चालन गरेको केन्द्र आफै बजेटकै अभावमा अलपत्र परेको हो । चौलाही गाविसले महिला तथा बालबालिका लागि छुट्टाएको सबै रकम गाविसका बोर्ड सदस्यहरुको समितिले सामान्य तालिम गरेर सक्ने गरेको आरोप मनकामना महिला बचतले लगाएको छ । संस्थाकी अध्यक्ष गोमा बस्नेतले सहकारी भनेर बजेट नदिएको बताउनुभयो । ‘सबै गाविसले रकम छुट्टाएका छन् । तर, सबैभन्दा ठूलो सेवा केन्द्रलाई बजेट दिएनन्’–उहाँले भन्नुभयो । सेवा केन्द्र सञ्चालन गरिरहेको पारालिगल समितिकी अध्यक्ष मीना गुरुङले गाविसमा बजेट थेरै आएर नपरेको हुनसक्ने बताउनुभयो । ‘सुविधा सम्पन्न सेवा केन्द्र बनाउने योजना थियो अहिले चल्न पनि गाह्रो भएको छ’– उहाँंले भन्नुभयो लक्षित क्षेत्रसम्म गाविसको बजेट नपु¥याइदा सेवा केन्द्रसँगै पारालिगल कमिटी सञ्चालन गर्न गाह्रो भएको उहाँको भनाइ छ ।
सेवा केन्द्रकी व्यवस्थापक पे्रमा जिसीले अलपत्रमा पर्न लागेको सेवा केन्द्र बचाउन सबैमा अनुरोध गर्नुभएको छ । ‘एउटा कोठा भाडामा लिएका छांै, गाविसले पँैसा दिँंदैन समस्यामा छां’ उहाँ भन्नुहुन्छ । महिला हिंसा र बलात्कारका घटना बढेको समाचारले सेवा केन्द्रमा बस्न नमानेर संस्थाकी अध्यक्षले आफ्नै घरमा लगेर राख्ने गर्नुभएको छ । सुविधा सम्पन्न नभएर पनि पीडित केन्द्रमा बस्न नमानेको ब्यवस्थापक बताउनुहुन्छ । केन्द्रकाी सह–ब्यवस्थापन दीपा चौधरीले गविसले बजेट विनियोजन नगरी दिँंदा समस्या परेको बताउनुहुन्छ । गाविसले जिम्मा लिएर आफै सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
वडा–वडामा महिला समूह र बाल क्लव सञ्चालन गरिरहेको सहकारीले २ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ । यो बचत संकलन सेयर सदस्यबाट सम्भव भएको हो भने सेवा केन्द्र पारालिगलबाट सञ्चालित छ संस्थाकी अध्यक्ष गोमा बस्नेतले सेवा केन्द्र चन्दा उठाएर भए पनि चलाउने बताउनु भयो । ‘महिला भएर हिंसां रोक्न लागेका हां, पुरुषको पनि सक्दो सहयोग चाहिन्छ’ उहाँले भन्नुभयो । उता संस्थाका सदस्यहरुले आफ्नो जनश्रमदानबाट मात्रै पक्की भवन निर्माण गरेका छन् । पक्की भवन निर्माण गर्दा गाविसले चर्पी बनाउन मात्र सहयोग गरेको संस्थाले जनाएको छ । आयआर्जन सम्बन्धी समेत यस संस्थाले काम गरिरहेको छ भने विभिन्न क्षेत्रमा संस्थाका सदस्यहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी अन्य क्षेत्रर्मा सहयोग समेत गरेका छन् । महिला हिंसा सम्बन्धित घटना लमहीको सेवा केन्द्रमा दर्ता भएका छन्, भने देउखुरीकै मुख्य सेवा केन्द्र आफै आर्थिक अभावमा रुमलिएको छ । गत आर्थिक वर्षमा महिला विकास कार्यालयले ८० हजार बजेट विनियोजन गरेको थियो । तर, गाविसले सेवा केन्द्रलाई नहेरेको केन्द्रको गुनासो छ । यसअघि महिला विकास कार्यालयले सेवा केन्द्रलाई उपलब्ध गराएको ८० हजारमध्ये थाहै नदिएरै ४० हजार फ्रिज भएको संस्थाले आरोप लगाएको थियो । ६३ जना महिलाबाट सुरुभएको संस्थामा अहिले ३ सय ७० जना सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com