जाडोयाममा अदुवाको प्रयोग गर्नु राम्रो

Filed under: स्वास्थ्य |

तपाईले अदुवा हालेको चिया पिउन त थाल्नुभएको छ होला । तरकारीहरुमा पनि मसलाका रुपमा अदुवाको प्रयोग भएको छैन भने तरकारी अधुरो हुनसक्छ । अब अदुवामा अझ बढी ध्यान दिनुहोस् । अदुवा भान्साका लागि मात्र नभई तपाईको स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक छ । चिसो समयमा रुघाखोकी लाग्नसक्छ । यस्तो अवस्थामा यसको प्रयोग गरेमा औषधिका रुपमा काम गर्दछ अदुवाले । क्यान्सदेखि लिएर माइग्रेसन जस्ता रोगहरुमा अदुवा एकदमै असरदार रहेको छ । युनिभर्सिटी अफ मिचिगनका शोधकर्ताले गरेको एक शोधमा गर्भाशय क्यान्सरको उपचारमा अदुवा एकदमै प्रभावशाली रहेको बताएको छ । यस बाहेक अदुवाको चिसो मौसममा यसको सेवन गर्न एकदमै फाइदाजनक छ ।

प्राकृतिक पेनकिलरः धेरै कम मानिसहरुलाई मात्र थाहा छ कि अदुवा एउटा प्राकृतिक पीडा कम गर्न औषधि हो । अर्थाेराइटिस तथा अन्य रोगहरुको उपचारका लागि यसको प्रयोग गरिन्छ ।
बिहान उठ्दा हुने कमजोरीको समाधानः गर्भावस्थाको समयमा बिहान उठ्ने बेलामा महिलाहरुलाई कमजोरी तथा थकानको महसुस हुन्छ । यस्तो अवस्थामा महिलालाई भिटामिन ‘बि’ औषधि दिने गरिन्छ । यस्तो कमजोरीका लागि भिटामिन ‘बि’
जस्तै घरेलु अदुवा पनि त्यत्तिकै प्रभावशाली हुन्छ ।
रुघाखोकीबाट बच्नः अदुवालाई सधँै रुघाखोकीको उत्कृष्ट औषधि मानिन्छ । यदि तपाई पनि रुघाखोकीले पीडित हुनुहुन्छ भने अदुवा हालेको चिया पिउनुस् । यो एकदमै फाइदाजनक हुन्छ ।
माइग्रेनबाट आरामः अदुवाको प्रयोगले माइग्रेन जस्तो रोगमा पनि एकदमै राहत मिल्दछ । यसले रगतमा थक्का बन्न दिँदैन र माशपेशी एवं रक्तकोशिकाहरुलाई पनि आराम मिल्दछ ।
पाचन प्रणालीमा पनि फाइदाजनकः यसले हाम्रो पाचन प्रणालीलाई पनि चुस्त राख्दछ र अपचलाई टाढा भगाउँदछ । त्यसैकारण सर्दीमा अदुवाको प्रयोग कुनै न कुनै रुपमा गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com