- राप्ती समाचारदाता
दाङ,जीवनका तीनदशक भयो पश्चिम दाङको श्रीगाउँका धनीराम विकले लुहार पेशा अंगालेको । उहाँलाई हाल एउटै विषयले पिरोल्ने गरेको छ, त्यो हो सामुदायिक वनले औजार निर्माणका लागि कोइला दिदैन कि भन्ने ? पहिले सहजरुपमा सामुदायिक वनले कोइला सहजरुपमा दिने गर्दथे, तर हाल सामुदायिक कोइला नै नदिने भएपछि उहाँ समस्या हुने गरेको बताउनु भयो ।
हाल कृषि सामग्री निर्माण गर्ने दाङका अधिकांश दलित समुदायको चिन्ताको विषय बनेको छ । धनीरामले लुहार पेशा गरेर नै घर(परिवार चलाउदै आएको करिव ३२ वर्ष भयो । तर, कोइलाको समस्या वेहोर्नु परेन । त्यस्तै पवननगरका शालिकराम विकले पनि लुहार पेशा अंगालेको पनि तीनदशक भइसकेको छ । तर, आजभोलि जस्तो कोइला नपाउने समस्या कहिलै भोग्नुभएन । श्रीगाउँका धनीरामले हाल एक बढी वाली प्रथा अन्तर्गत (विष्ट) कमाउनुभएको छ । उहाँले लुहार पेशा वाहेक अन्य कुनै पेशा गर्नुहुँदैन । त्यस्तै पवननगरका शालिकरामले पनि वालीप्रथामा एकसय बढी (विष्ट) कमाउनुभएको छ । विष्टबाट प्राप्त वाली नै वर्षभरिको पेट पाल्ने उपाय भएको छ ।
विष्टका कृषि सामग्री वाहेक उहाँहरुले फाट्टफुट्ट मात्रामा आफैले निर्माण गरेका कृषि सामग्री विक्रि वितरण गर्नुहुन्छ । उहाँहरुले घरमा नै बुबाको सहयोगमा लुहार पेशा गर्न थाल्नुभएको थियो । लुहार पेशाबाट नै उहाँहरुले घर(परिवार सञ्चालन गर्दै आउनुभएको छ । उहाँहरुले हसिया, चुलिसी, खुकुरी, खर्पालगायतका कृषि सामग्री निर्माण गर्दै आउनुभएको छ । उहाँहरुले घरमा निर्माण गरेका कृषि सामग्रीहरु कममा पनि १ सयदेखि ५ सयसम्ममा बिक्रि वितरण गर्दै आउनुभएको छ ।
खासमा स्थानीय तहमा सामुदायिक वनले यस्तो समस्या किन निम्त्याउँछन् त भन्ने प्रश्नमा पश्चिम दाङको पञ्चकुलेमा रहेको झारगजेरी सामुदायिक वनका सचिव मोहनलाल थापाले भन्नुभयो( हामीले काम चलाउँने किसिमले लकडी दिने गरेको बताउनुभयो । हामी जतिसक्यो रुख बचाउने प्रयासमा छांै, कोइला बनाउनका लागि रुख काट्नु पर्छ त्यसैले कोइला दिन नसकेको हौ थापाले भन्नुभयो । लुहार पेशा अंगालेका परिवारले कोइला बनाउनका लागि काठ नै खोज्छन्, हामीले ठूला रुख काटेर काठ दिन सक्दैनांै सचिव थापाले भन्नुभयो ।
काठको कोइला बनाउनका लागि जिल्ला वनको स्वीकृती लिनुपर्ने जानकारी दिनुभयो । उता सामुदायिक वन महासंघ दाङका सचिव हेमराज शर्माले भन्नुभयो(‘काम चलाउँने प्रकारले दाङका सामुदायिक वनले कोइला उपलब्ध गराएका छन्, कोइलाको नाममा रुख काट्न दिएका छैनन् ।’ बरु जिल्लाका सामुदायिक वनका पदाधिकारी वन जोगाऔ अभियानमा जुटेका छन् । सामुदायिक वनले कोइला नदिएको भन्ने भनाई नै गलत हो सचिव शर्माले भन्नुभयो ।