केन्द्र पुगेर टोलमै फर्किए शर्मा

Filed under: फिचर समाचार |

- गोविन्द खड्का
प्रेस काउन्सिल नेपालको अध्यक्षसम्म बन्ने क्रममा करिब डेढ दशक बढी गाउँ छोडेका
नारायणप्रसाद शर्मा सेवा अवधि पछि पुरानै घरमा फर्किएको भन्दै गाउँलेहरु खुसी भएका छन् । अभिवावक गुमाएको जस्तै गाउँमा संरक्षक पाएको र अब विकास निर्माण हुने सम्भावना बढेको उनीहरुले जानकारी
दिए । ‘हामीलाई माया लाग्थ्यो । अहिले उहाँले पनि माया गरेर फर्किनुभयो । असाध्यै खुसी लागेको छ ।’ घोराही नगरपालिका ४
वरगदीका छिमेकी छविलाल सुनाले भन्नुभयो–‘उतै भए देखभेट
हुँदैन्थ्यो ।’ अहिले गाउँ फर्केपछि शर्माले विकासमा चासो देखाएकोमा झनै खुसी लागेको उहाँको भनाइ थियो । ‘गाउँमा पानी ल्याइदिने, डाक्टर बोलाउने, विकास दिने हाकिमहरु घुमाउने आशा गरेका छौँ’–सुनारले भन्नुभयो । त्यसका साथै जातीय भेद मेटाउन सामुहिक बसाइको प्रबन्ध मिलाउने
सुनारको आशा छ । शर्मा नियमित घरमा बसे जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको छिमेकीले बताएका छन् । ‘दुःख बिराम जो परे पनि सेवा गर्न तयार छौँ’– सुनारले भन्नुभयो
यसो त हुर्केबढेको आफ्नो घरमा नारायण शर्माले प्रेसकाउन्सिल नेपालको अध्यक्ष
पदबाट निस्कनुअघिनै बस्ने सोँच बनाएका थिए । गाउँ टोल र जिल्ला हुँदै केन्द्रसम्म पुगेका व्यक्तिहरु फेरि गाउँ टोलमा फर्किने थोरैमा उनी पर्छन् । असी काटेपछि जुनी फेरिन्छ भने जस्तै फेरि बालक वनेको रुपमा गाउँलेहरुले लिएका छन् । कतिपय अवस्थामा केटा केटीपना देखाउन थालेका शर्माले गाउँ फर्किने योजना बनाउँदा भने खुसियाली छाएको छ । १२ वर्ष पछि खोलो पनि फर्किन्छ भने जस्तै आफ्ना अभिवावक फर्किएको रुपमा स्थानीयले लिएको बताए । सुरुमा छोरा बुहारीले गाउँ छोडेको पछि शर्माका बुढाबुढस् पनि निस्केपछि गाउँमा सुन्नो लागेको स्थानीयको भनाइ छ ।
शर्माको पुरानो घरमा माटाका भकारीहरु अझै सुरक्षित छन् । शर्मा घरमा जाँदा आराम गर्न एउटा कोठामा सुत्ने खाट र कम्मल बिच्छाइएको छ । त्यस घरमा
संरक्षण गर्न बस्दै आएका कमल घर्तीका अनुसार आज भोलि दैनिकजसो शर्मा त्यही आउने र लेखपढ गर्न थालेका छन् । भने तीनदशक अघिका गरिमालगायतका पत्रपत्रिका र किताबहरु खोपा र ¥याकहरुमा छरिएर रहेका छन् । नियमित रुपमा घरमा बस्ने योजना रहेको पटक पटक गुरुले सुनाउने गरेको घर्तीले बताए ।
यसो त बाल्यकाल छँदै कामकाजमा सहयोग गरेको बताउने बिचमा छोड्दा नराम्रो लागेको स्थानीय सीता चौधरीले बताइन् । ‘घमण्डी गर्नुहुन्न सबैलाई माया गर्नुहुन्छ । त्यही भएर कसैले विर्सन सक्दैनन्’– चौधरीले भन्नुभयो । कामकाज गर्न पनि सजिलो लाग्ने चौधरीको भनाइ छ ।
कुनै अफिस बन्ने र सवैलाई सहयोग पुग्ने आशा गरेको
गिरिराज अधिकारीले जानकारी दिनुभयो । सभा सम्मेलन गर्ने, नाचगान गर्नेलगायतको जमघट हुने ठाउँ बनेकाले सजिलो भएको अधिकारीको भनाइ छ । उहाँका अनुसार सामुहिक रुपमा समाजका समस्या हल गर्न ‘ग्रामिन समाज सेवा’ समिति गठन गरिएको छ । पटक–पटक बैठक बस्ने योजना बनाउनेलगायतका काम भइरहेका छन् । कृषि, घरेलुउद्योग व्यवसाय, सिँचाई गर्ने, स्थानीय वासीलाई साक्षर गराउने, पत्रकार साहित्यकार तयार गर्नेलगायतका शर्माका सपना भएकाले पुरा गर्न आफूहरुले पूर्ण साथ दिने बताए । ‘गाउँका मान्छे खेरिन्छन् । विकास गर्ने भन्नुहुन्छ । न जान्या सिकाईदिनुहुन्छ । उहाँले छोडेदेखि केही भएको थिएन । अहिले राम्रै होला भन्या हो’– अधिकारीले भन्नुभयो ।
अहिले करिव १५ सय लिटर क्षमताको पानी टंकी निर्माण भएको छ । मोटरबाट पानी तानेर सिंचाई गर्न थालिएको छ । भने एकसय क्षमताको सभाहल तयार गरिएको छ । घर बाहिर टहरा निकालेर बस्न योग्य बनाईएको छ । करीव १० लाख रुपैयाँ लगानी गरी सकेको शर्माले जानकारी
दिनुभयो । वहाँका अनुशार आफ्नो जन्मथलोको विकासका लागि आगामी पाँच वर्षजतिको सक्रिय जीवन र कमाई वर्गदिमै खर्चिने जानकारी दिनुभयो । त्यसका लागि घर परिवार आफन्तजन हुँदै
सरोकारवाला निकायहरुमा
अनुरोध गर्ने उहाँको भनाइ छ । ग्रामिण समाज सेवा अक्षरधाम वर्गदि स्थापना गरिएको छ । भने कृषि समूह, अक्षर समूहलगायतका विभिन्न उप–समिति गठन गरेका छन् । गत भदौ २३ गते स्थापना गरिएको समितिको उद्देश्य ‘स्वावलम्वी सहकारीतामुलक समुन्नत समाज निर्माण’ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com