मधुसूदन पौडेल
‘व्राण्ड’ शब्द अंग्रेजी मूलको भए पनि अब नेपाली तद्भव शब्दकारुपमा प्रयोग हुन थालिसकेको छ । यो शब्द समाजमा धेरै प्रसङ्गमा प्रयुक्त भएको पाइन्छ । कसैले यसलाई वस्तु वा व्यक्तिको पहिचानकारुपमा लिन्छन् । कसैले वस्तु वा व्यक्तिको स्तर र श्रेणीकारुपमा लिन्छन् । कसैले यसलाई वस्तु वा सेवाको कारोवारमा प्रयोग हुने चिन्हकारुपमा लिन्छन् । कसैले कुनै औद्योगिक प्रतिष्ठान वा औद्योगिक वस्तुको ख्यति प्रतिविम्वित गर्ने शब्द वा संकेतकारुपमा लिन्छन् । सबै आ–आफ्नो ठाउँमा ठीक छन् । तर कुनै पनि भनाइ व्राण्डको सम्पूर्ण अभिव्यक्ति भने होइनन् ।
उद्योग व्यापार क्षेत्रमा व्राण्डलाई अत्यन्तै मूल्यवान अमूर्त पूँजीकारुपमा हेर्न सकिन्छ । कुनै औद्योगिक वस्तु वा सेवाको वजारीकरणको सन्दर्भमा भन्नुपर्दा यो ट्रेडमार्ककै प्रारम्भ विन्दू हो र साधारणतया व्राण्ड र ट्रेडमार्क पर्यवाची शब्द हुन्छन् । एउटा ट्रेडमार्क कालान्तरमा व्यापार क्षेत्रमा व्यापक प्रयोग हुँदै जाँदा स्थानीय बजारको सीमा पार गरेर टाढा–टाढाको बजार तथा अन्र्राष्ट्रिय बजारमा समेत ठूलो नाम आर्जन गर्छ, त्यस अवस्थामा त्यो व्राण्ड कहलाउँछ । त्यो उपभोक्ताका लागि सन्तुष्टिको विषय र समाजकै लागि सार्वजनिक चासो विषय बन्दछ । वस्तु सम्बन्धमा नयाँ मुख्य र मान्यता स्थापित हुन्छन् र एउटा नयाँ संस्कृतिको सुरुवात समेत हुन्छ । तर कहिलेकाँहीं व्राण्ड ट्रेडमार्क दाँजोमा वस्तु वा सेवा विशेषको मात्र नभएर प्राइभेट वा संस्थागत पनि हुन सक्छ । जस्तो कानून व्यवसायी फर्म कन्सल्टिड. फर्म, नाई फर्म, आदि प्राइभेटमा साझेदारी फर्म दर्ता ऐनअन्तर्गत सञ्चालक भएका व्यवसायिक नामहरुलाई प्राइभेट व्राण्डकारुपमा लिन सकिन्छ भने हुलास, डावर, पार्लेजस्ता कम्पनी नामहरु कर्पोरेट व्राण्ड मान्न सकिन्छ । वस्तु वा सेवा फरक व्राण्डहरु मुलुकको ट्रेडमार्क कानुनअन्तर्गत संरक्षण भएका हुन्छन् भने प्राइभेट व्राण्ड र कर्पोरेट व्राण्ड अन्य कानुन जस्तै प्राइभेट फर्म, वा साभेदार कम्पनी वा अरु संघसंस्था दर्ता ऐनबाट मात्र संरक्षित भएका तथा ट्रेडमार्क ऐनअन्तर्गत दर्ता नभए पनि यथोचित संरक्षण पाउन सक्छन् । संरक्षण प्राप्त गर्न वस्तु वा सेवापरक व्राण्डहरु अनिवार्यरुपले ट्रेडमार्क कानुनअन्तर्गत दर्ता भएको हुनुपर्छ ।
वस्तुहरु कारखानामा निर्माण हुन्छन् भने व्राण्ड उपभोक्ताको अन्तस्करण निर्माण हुन्छन् । ब्राण्डले बाहिरी भौतिक वस्तुलाई उपभोक्ताको आन्तरिक धारणासँग जोड्ने गर्दछ र भावनासँग आवद्ध गर्ने गर्दछन् । व्राण्डबाट कालान्तरमा वस्तुको उपयोग मूल्य भन्दा पनि धेरै बढी मूल्यको उपभोक्ताको लगाव, मान्यता, सरोकार, सन्तुष्टि र विश्वास प्राप्त हुन्छ । किन उपभोक्ताहरु अन्य इलेक्ट्रोनिक सामान भन्दा सोनी मा धेरै बढी मूल्य तिर्न तयार हुन्छन् । किन अरु कारणभन्दा टोयोटालाई बढी मन पराउँछन् ? किन ओमेगा रोलेक्स जस्ता स्वीस घडीहरु अरु व्राण्ड भन्दा धेरै बढी मूल्यमा बिक्री हुन्छन् ? सोनी, टोयोटा, रोलेक्स, ओमेगा जस्ता ब्राण्ड प्राप्त गर्न सौखिन उपभोक्ताहरुले जतिसुकै अग्ला मूल्यका पर्खाल पार गरेर भए पनि आफ्नो मन परेको व्राण्डवाला वस्तु हासिल गरेरै छाड्छन् । वस्तुको व्यापार प्रवद्र्धनमा व्राण्ड धेरै तरिकाले महत्वपूर्ण छ । वस्तुको व्यापार गर्ने, वितरण गर्ने, माग गर्ने आधार व्राण्ड नै हो । बजारका अनगिन्ती वस्तुमा उपभोक्ताले वस्तु छान्ने आधार व्राण्ड नै हो । निश्चित् व्राण्डमा उपभोक्ताको पकड र विश्वास हुने भएबाट वस्तु व्यापार फस्टाउँदै जान्छ । ब्राण्डबाट नै उपभौक्तालाई आपूmले तिरेको मूल्यको सन्तुष्टि मिल्छ । विभिन्न श्रोतबाट हुने उत्पादनको पहिचान हुन्छ, उत्पादन गर्ने कम्पनीको तथा उत्पादित वस्तुको ख्याति आर्जनको उपकरण पनि व्राण्ड नै हो । कुनै औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको पूँजीको ठूलो स्सिा व्राण्डले बहन गरेको हुन्छ ्रण्डलाई प्रयोग इजाजत दिएर वा प्रविधि हस्तान्तरण संझौता गरेर पनि आर्थिक उपार्जन गर्न सकिन्छ ।
मुलुकको प्रधानमन्त्री पनि मान्छे नै हो र साधारण मान्छे पनि मान्छे नै हो । दुवैको भौतिक शरीर उस्तै खाने अंग र वस्तुहरु मिलेर बनेको हुन्छ , तर अझ नागरिकको दृष्टिकोणमा भने अमूर्त तत्वमा भिन्नता छ त्यो हो – ख्याति । त्यसैले व्राण्डलाई यसरी बुझ्दा राम्रो हुन्छ । टे«डमार्कमा ख्याति थप गर्दा व्राण्ड हुन पुग्छ । ख्याति आर्जनमा विभिन्न कुराहरुले योगदान पु¥याएका हुन्छन् । जस्तो कुनै टे«डमार्कवाला वस्तुको बजार कति विस्तारित छ ? कम्पनीले त्यसबाट कति नाफा आर्जन गर्छ ? त्यसले राजस्वमा कति योगदान पु¥याएको छ ? उपभोक्ताले त्यो वस्तु कतिको मन पराउँछन् ? गुणस्तर कस्तो छ ? वस्तुको एकरुपता र निरन्तरता छ कि छैन ? आदि प्रमुख कारोवारका विषयहरु छन् । व्राण्डको महत्वलाई राम र हनुमानको छोटो वर्णनबाट बुझ्न सकिन्छ । लंका पुग्ने सेतु बंघ निर्माण गर्ने बेला हनुमानले वडो मेहनतका साथ निरन्तररुपमा राम भनेर अभिमन्त्रित गरी फ्याँकेका ढुङ्गाहरु तैरेको देखेर रामचन्द्रलाई पनि काम सघाउन मन लाग्यो । तर आपूmले फ्याँकेका जति ढुङ्गा सबै समुद्रमा डुबेको, तर हनुमानले फ्याँकेका जति तैरेको देखेर रामचन्द्रलाई आश्चर्य लाग्यो र हनुमानलाई यसको कारण सोधे । हनुमाले हात जोडेर निवेदन गरे (प्रभु मैले फ्याँकेका ढुङ्गाहरु राम शब्दबाट अभिमन्त्रित भएका छन्, हजुरले फ्याँकेकामा भएका छैनन् । रामचन्द्रले फेरि भने ‘हनुमान्, राम त म आफै हुँ ।’ हनुमाले पुनः नम्रतापूर्वक निवेदन गरे –‘मालिक मेरो धृष्टतामा क्षमा राख्नु होला, हजुर स्वयंमा भन्दा पनि अझ हजुरको नाममा बढी शक्ति छ। यो प्रसंगे ब्राण्डको हकमा पनि मिल्छ । कुनै पनि वस्तुमा वस्तुको भन्दा पनि धेरै बढी मूल्य व्राण्डमा अतिर्हित हुन्छ । एउटा व्राण्ड कालान्तरमा करोडौं मूल्यको अमूर्त सम्पत्तिमा रुपान्तरित हुन्छ । जस्तो सोनी व्राण्डको बजार मूल्य हाल २१ अरब डलर बराबर भएको छ भने कोकाकोला व्राण्डको मूल्य हाल ६८ अरब डलर बराबरको छ । ब्राण्डको निरुपण गर्ने तत्वहरु तल चर्चा गरिएका छ । ती तत्वहरुको आधारमा व्राण्डको आर्थिक मूल्यांकन पनि गरिन्छ ।
१)कम्पनीको नेतृत्व ः एउटा वस्तुमा लगाइने ट्रेडमार्कको व्राण्डकारुपमा छवि निर्माण हुनका लागि कम्पनी नेतृत्वको ठूलो भूमिका रहन्छ । कम्पनीका व्यवस्थापक कति आदर्श व्यक्ति छन् ? उनलाई सामाजले कुन दृष्टिले हेर्छ ? समाजमा के कति योगदान रहेको छ ? देशको राजस्व तथा आम्दानीमा के कति योगदान छ? भन्ने जस्ता कुराले ठूलो प्रभाव पार्छ । वास्तवमा कम्पनी नेतृत्व र व्राण्ड दुवैले एक अर्कामा कारण र प्रभावको भूमिका निर्वाह गरेका हुन्छन् । व्राण्डको छविले कम्पनीको ख्याति बढ्छ भने कम्पनीको नेतृत्वको कारण व्राण्डको ख्याति पनि बढ्छ ।
२) विज्ञापन वा प्रचार प्रसार ः वस्तु वा सेवाकोे टे«डमार्कका जति बढी विज्ञापन वा प्रचारप्रसार हुन सक्यो त्यति बढी व्राण्डकारुपमा छवि निर्माण हुन्छ । विज्ञापनले वस्तु वा सेवालाई बजारसँग, उपभोक्तासँग, तथा वितरण न्यानलसँग स–परिचित गराउँछ र व्राण्ड छवि निर्माण हुन्छ । त्यसै कारणले गर्दा उद्योग व्यापारक्षेत्रका विज्ञापनलाई बजार प्रवद्र्धन रणनीतिको एक शसक्त उपकरणकारुपमा लिइन्छ ।
३) बजारको आकार ः कुनै ट्रेडमार्क प्रयोग भएको वस्तु वा सेवाको राष्ट्रिय वा अन्तराष्ट्रिय क्षेत्रमा भौगोलिक तथा जनसंख्याको हिसाबले जति बढी विस्तारित हुँदै जान्छ त्यति बढी त्यस वस्तु वा सेवाको व्राण्ड छवि मजवुत हुँदै जान्छ ।
४) स्तरीयता र निरन्तरता ः व्राण्डको राम्रो छवि निर्माण हुनका लागि ट्रेडमार्क प्रयोग भएका वस्तु र सेवा उच्च गुणस्तरयुक्त त हुनुपर्छ नै । साथै कालान्तरमा त्यस्तो वस्तु र सेवाको गुणस्तरमा कुनै ह्रास वा भिन्नता आउनु हुँदैन । सम्वन्धित वस्तु वा सेवा सबै उपभोक्तालाई उपलब्ध हुनुपर्छ, सधैँभरी उपलब्ध हुनुपर्छ तथा सबै ठाउँमा उपलब्ध हुनुपर्छ ।
५) विकासक्रम ः ब्राण्ड छवि एक रातमा निर्माण हुने कुरा होइन । टे«डमार्क समयको अन्तरालमा जति प्रचलनमा आउँदै जान्छ, जति प्रौढ र परिपक्व हँुदै जान्छ त्यति नै मात्रामा त्यसको छवि निर्माण हुँदै जान्छ । ख्याति प्राप्त व्राण्डहरुको लामो इतिहास पनि हुन्छ । त्यस्तै टे«डमार्कलाई धेरै प्रकारका तथा धेरै समूहका वस्तुहरुमा प्रयोग गर्र्दै जाँदा क्रमिक रुपले त्यसको व्राण्ड छवि पनि बढी उजागर हुँदै जान्छ ।
६) कानुनी संरक्षण ः कुनै वस्तु वा सेवामा प्रयोग गरिएको टे«डमार्कको उचित तरिकाले कानुनी संरक्षण हुन सकेको छैन भने प्रयोग गरिएको वस्तु वा सेवा जतिसुकै राम्रो भएपनि व्राण्ड छवि राम्रो हुन सक्दैन । कसैले अन्य कुनै कम्पनीको ट्रेडमार्क हुवहु नक्कल गरेर वस्तु बजारमा पठाउने गरेमा पारखी र सचेत उपभोक्ता भए साविकको व्राण्डमा सन्देह पैदा हुन्छ र स्तरीय वस्तुको सुनिश्चितताका लागि अर्को व्राण्डमा स्थानान्तरण हुन्छ भने निर्वाहमुखी र हुस्सु उपभोक्ता भए सस्तोको लोभले सक्कली भन्दा नक्कली टे«डमार्क प्रयोग भएको वस्तुको पछाडि लाग्छन् । यसरी प्रभावकारी कानुनी संरक्षण हुन सकेन भने व्राण्ड छविमा गिरावट आउँछ ।
७) टे«ेडमार्कको स्वरुप ः एउटा टे«डमार्कलाई अक्षर, शब्द, रंग, डिजाइन, लोगोको आकार आदि समिश्रणबाट विभिन्न तरिकाले अभिव्यक्त गर्न सकिन्छ । यस्तै बाहिरी स्वरुपको सहारा लिएर जब टे«डमार्क उपभोक्ताको आन्तरिक धारणा र विश्वासको गहिराइमा पुग्छ सो त्यो व्राण्डरुपी अमूल्यनिधिमा स्थापित हुन थाल्दछ अनि वस्तु वा सेवाको मूल्यको दाँजोमा व्राण्ड मूल्यको पल्ला भारी हुन्छ । यसरी व्राण्डले वस्तु वा सेवाको मूल्य अभिवृद्धिमा ठूलो योगदान पु¥याउँछ ।
८) परिपूरक बौद्धिक सम्पत्तिको प्रयोग ः एउटा आकर्षक ट्रेडमार्कको साथमा अरु थप औद्योगिक डिजाइन, कपी राइट, ट्रेड डे«स, पेटेन्ट एवं कलात्मक प्रस्तुति जस्ता अन्य वौद्धिक सम्पत्तिहरु पनि समावेश गर्न सकेमा सम्बन्धित वस्तु वा सेवाको व्राण्ड छवि झनै प्रभावकारी हुन्छ । फलस्वरुप सम्बन्धित वस्तु वा सेवाको बजारीकरणबाट अत्याधिक लाभ लिन सकिन्छ र व्राण्ड स्वयंको मूल्यांकन पनि बढ्छ ।
त्यसैले व्राण्ड उद्योग व्यवसायको बजार प्रवद्र्धनको विषय प्रतिष्ठानको प्रतिष्ठाको विषय, उपभोक्ताहरुको वस्तु सेवा वा छनौटको विषय, अन्तराष्ट्रिय वजारमा वस्तु आयात निर्यातको आधार, अर्थोपार्जनको विषय र व्यवसायिक पहिचानको विषय समेत भएकाले कुनै पनि अर्थतन्त्रमा यसको सृजना, संरक्षण, सम्वद्र्धन र उपयोग व्यवसायी, सरकार एवं उपभोक्ता सबै पक्षका लागि उत्तीकै महत्वपूर्ण छ ।
(लेखक दाङका पूर्व स्थानीय विकास अधिकारी हुनुहुन्छ )